रास्वपा महाधिवेशनः २९५९ मत खस्यो, केहीबेरमा मतगणना सुरु गरिने - Chaitanya News
  • 2026-09-29
  • 07:10:21
  • मंगलबार,आश्विन १३, २०८३
  • रास्वपा महाधिवेशनः २९५९ मत खस्यो, केहीबेरमा मतगणना सुरु गरिने

    रास्वपा महाधिवेशनः २९५९ मत खस्यो, केहीबेरमा मतगणना सुरु गरिने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ।

    केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो। अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोग स्रोतले बताएको छ।

    केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ।

    केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै पदाधिकारीको पनि मतदान गरिने जनाइएको छ।

    खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको मतदान हुने नेता मनिष झाले बताए।