रास्वपा केन्द्रीय सदस्य निर्वाचनः प्रारम्भिक सूचीमा ३८४ जनाको नाम - Chaitanya News
  • 2026-06-24
  • 18:36:45
  • बुधबार,आषाढ १०, २०८३
  • रास्वपा केन्द्रीय सदस्य निर्वाचनः प्रारम्भिक सूचीमा ३८४ जनाको नाम

    रास्वपा केन्द्रीय सदस्य निर्वाचनः प्रारम्भिक सूचीमा ३८४ जनाको नाम

    काठमाडौं– रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

    केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। सार्वजनिक भएको सूची अनुसार, ३८४ जनाको नाम सार्वजनिक भएको छ

    रास्वपाको संशोधित विधान अनुसार, १५८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ। जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्नेछन्।

    त्यस्तै, ७ जना प्रदेश सभापतिहरू पदेन सदस्य हुने भएकाले स्वतस् केन्द्रीय सदस्य रहनेछन्।

    रास्वपाको महाधिवेशन चिवतनमा जारी छ। जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन।

    सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ।