पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो - Chaitanya News
  • 2026-09-27
  • 20:35:31
  • आइतबार,आश्विन ११, २०८३
  • पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो

    पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो

    काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बिया र डिआर कंगोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

    समूह के अन्तर्गत मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा कोलम्बियाले दबाब बनाएपनि गोल गर्न सकेन।

    पहिलो हाफमा कोलम्बियाले ६६ प्रतिशत बल पवसेसन राखेको थियो। यस्तै कूल १० सट प्रहार गर्दा ६ सट अन टार्गेटमा भएपनि गोल हुन सकेन। कंगोका गोलकिपर लियोनल एमपासीले ६ बचाउ गरे।

    कंगोका गोलकिपरले केही उत्कृष्ट बचाउ गरेका थिए। कंगोले हानेको २ मात्र सट टार्गेटमा रहन सकेन।