फिफा विश्वकपः क्रोएसियाले पानामालाई १–० ले पराजित गर्‍यो - Chaitanya News
  • 2026-06-24
  • 10:53:51
  • बुधबार,आषाढ १०, २०८३
  • फिफा विश्वकपः क्रोएसियाले पानामालाई १–० ले पराजित गर्‍यो

    फिफा विश्वकपः क्रोएसियाले पानामालाई १–० ले पराजित गर्‍यो

    काठमाडौँ– एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ पानामालाई १–० ले पराजित गरेको छ ।

    समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको यो पहिलो जित हो र यो जितले राहत मिलेको छ। क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमरले दोस्रो हाफमा निर्णायक गोल गरे।

    उनाले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल भएन।

    पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४–२ ले पराजित भएको क्रोएसिया पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ।

    क्रोएसियाले अब अन्तिम खेलमा घानासँग खेल्नेछ र समूह चरण पार गर्न उक्त खेलमा निर्णायक हुनेछ। घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुईमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ।

    पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिने पक्का भएको छ। पानामा पहिलो पहिलो खेलमा पनि घानासँग १–० ले नै पराजित भएको थियो। पानामाले अब अब अन्तिम खेलमा इंग्ल्यान्डसँग खेल्नेछ।