कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको शिक्षा मन्त्रालयको दाबी - Chaitanya News
  • 2026-06-23
  • 17:22:17
  • मंगलबार,आषाढ ०९, २०८३
  • कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको शिक्षा मन्त्रालयको दाबी

    कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको शिक्षा मन्त्रालयको दाबी

    काठमाडौँ– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन्।

    उनले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको उल्लेख गरे। उनले नजिता प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको र इमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए। त्यस्तै सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रियासम्बन्धी विश्वविद्यालयको ऐनका भएको व्यवस्था अनुसार नै रहेको बताए । खुला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए।