सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-03
  • 00:21:01
  • शुक्रबार,आश्विन १६, २०८३
  • सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– आज (मंगलबार) एक सूचना जारी गर्दै लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि.नं.११–०८२–८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    यस्तै आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि.नं. १२–०८२–८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।