कोशी प्रदेशमा सक्षम छोरी कार्यक्रम, ७ करोड बजेट विनियोजन - Chaitanya News
  • 2026-06-15
  • 19:19:35
  • सोमबार,आषाढ ०१, २०८३
  • कोशी प्रदेशमा सक्षम छोरी कार्यक्रम, ७ करोड बजेट विनियोजन

    कोशी प्रदेशमा सक्षम छोरी कार्यक्रम, ७ करोड बजेट विनियोजन

    विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ मा सक्षम छोरी कार्यक्रम चलाउने भएको छ।

    सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरी सरकारले सो कार्यक्रम घोषणा गरेका हो।

    आज (सोमबार) बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरेका हुन्।

    यो कार्यक्रमबाट २ लाख ७५ हजार छात्रा लाभान्वित हुने सरकारको अपेक्षा छ।

    प्रदेश सरकारले १०० वडा सामुदायिक विद्यालयमा डिजिटल बोर्ड राख्नका लागि १० करोड बजेट विनियोजन गरेको छ।

    शिक्षा र खेलकुदका लागि सरकारले ३ अर्ब १० करोड बजेट विनियोजन गरेको छ।