उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु - Chaitanya News
  • 2026-08-27
  • 20:56:00
  • बिहिबार,भाद्र ११, २०८३
  • उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

    उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

    काठमाडौं –  नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु लागेको छ ।

    आज (मंगलबार) दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पनि यो क्रम जारी रहने मौसमविदले जनाएका छन् ।

    उच्च पहाडी तथा हिमाली भू–भागका हिमपात र तराईमा बाक्लो हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।