नायब सुब्बा पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-11
  • 17:09:33
  • बिहिबार,जेठ २८, २०८३
  • नायब सुब्बा पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना

    नायब सुब्बा पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना

    काठमाडौँ– नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाका लागि भवन कायम गरिएको छ।

    आज (बिहीबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नायब सुब्बाको पदको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१–१०००६–०८२(८३ (खुला–समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदमा खोटाङ परीक्षा केन्द्रबाट दोस्रो चरण (द्वितीय र तृतीय पत्र०को परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको छ।