आज पनि घट्यो सेयर बजार, बढ्यो कारोबार - Chaitanya News
  • 2026-06-09
  • 17:46:22
  • मंगलबार,जेठ २६, २०८३
  • आज पनि घट्यो सेयर बजार, बढ्यो कारोबार

    आज पनि घट्यो सेयर बजार, बढ्यो कारोबार

    काठमाडौं– आज (मंगलबार) पनि सेयर बजार घटेको छ। आज नेप्से परिसूचक १.५४ अंक घटेको हो। सो कमीपछि नेप्से २७३३ अंकमा झरेको छ।

    दिउँसो १ः २२ बजे नेप्से आजको न्यूनतम अंक २७०२ अंकसम्म झरेकोमा त्यसपछि सम्हालिएको हो। अघिल्ला तीन कारोबार दिन बजार लगातार घटिसकेको छ। बिहीबार १३, शुक्रबार ११ तथा सोमबार २० अंकले नेप्से घटेको थियो।

    आज कारोबार रकम बढेको छ। अघिल्लो दिन जम्मा ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४४ करोडको भयो। यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो।

    १०५ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने १५ को स्थिर रह्यो। फाइनान्स सबैभन्दा धेरै १।०१ प्रतिशत घट्यो। अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।

    बैंकिङ ०.०३ अंक मात्रै घट्यो। विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार ०.३८ प्रतिशत घटे। अन्य ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१, होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढे।

    सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो। यी दुवै हालै बजारमा सूचीकृत भएका नयाँ कम्पनी हुन्। त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढ्य।

    क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशत घट्यो। सामुदायिक लघुवित्तको ७.३७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशत मूल्य घट्यो।

    आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर तथा शिवम् सिमेन्ट क्रमशः अगाडि रहे।