सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै शपथको तयारी - Chaitanya News
  • 2026-06-09
  • 14:44:52
  • मंगलबार,जेठ २६, २०८३
  • सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै शपथको तयारी

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै शपथको तयारी

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई फर्काउने भएका छन्। मन्त्रालय स्रोतका अनुसार आजै ३ बजे शपथ हुने छ। शपथका लागि तयारी बस्नका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा तयारी बस्नका लागि भनिएको छ।

    गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए। त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो। समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुनस् गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन्।

    आजको मन्त्रिपरिषद बैठकले सुधनमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

    बैठकपछि पत्रकारहरुले सरकारका प्रवक्ता सस्मित पोखरेललाई सुधनलाई गृहमन्त्री बनाउन लागिएको हो भनेर प्रश्न गरेका थिए। सो प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘बल्ल प्रतिवेदन ग्रहण भयो। अब त्यसलाई अध्ययन गरेपछि आवश्यक निर्णय हुन्छ। फाइल ग्रहण गरेर, अध्ययन गरेपछि मात्रै शपथ ग्रहण हुनेहोला नि, पछि गर्नुपर्‍यो भने। अहिलेलाई फाइल ग्रहण गर्ने मात्रै निर्णय भएको छ। मन्त्रिपरिषदमा त्यस्तो निर्णय भएको छैन।’

    छानबिन समितिले २२ जेठमा प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाएको प्रतिवेदनमा सांसद गुरुङको कुनै ठूलो गल्ती–कमजोरी नरहेको औंल्याएको छ। बरु सिस्टममा देखिएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयहरू औंल्याएर प्रतिवेदन तयार गरिएको छ।

    छानबिन समिति स्रोतका अनुसार सुधनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार उनको जग्गा–जमिन छैन। ‘सुधनको नाममा धनकुटा बाहेक अन्यत्र जग्गा भेटिएन । हजुरबुवाको नाममा रहेको सम्पत्तिसमेत उल्लेख गरेको पाइयो,’ स्रोतले भन्यो।