तल्लो अरुण लगायत ४ जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय - Chaitanya News
  • 2026-07-28
  • 00:42:19
  • सोमबार,साउन ११, २०८३
  • तल्लो अरुण लगायत ४ जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

    तल्लो अरुण लगायत ४ जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

    काठमाडौं– सरकारले तल्लो अरुण जलविद्युत् आयोजना लगायत चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

    तल्लो अरुण लगायत लोवर न्यादी खोला जलविद्युत् आयोजना, हुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।

    मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए।