भारतले घटायो पेट्रोल र डिजेलमा निर्यात शुल्क - Chaitanya News
  • 2026-05-31
  • 10:08:29
  • आइतबार,जेठ १७, २०८३
  • भारतले घटायो पेट्रोल र डिजेलमा निर्यात शुल्क

    भारतले घटायो पेट्रोल र डिजेलमा निर्यात शुल्क

    काठमाडौँ– भारत सरकारले पेट्रोल, डिजेल तथा एभिएसन टर्बाइन फ्युल (एटीएफ)मा लाग्दै आएको निर्यात शुल्क घटाउने निर्णय गरेको छ। हिजो (शनिबार) भारतीय सरकारले एक सूचना जारी गर्दै नयाँ व्यवस्था १ जुनदेखि लागू हुने जनाएको छ।

    इन्धन निर्यातलाई सहज बनाउने तथा अन्तर्राष्ट्रिय बजारको अवस्थालाई ध्यानमा राखेर निर्यात शुल्क घटाइएको जनाएको छ। पेट्रोलमा निर्यात शुल्क १.५ रुपैयाँ प्रतिलिटर तोकिएको छ भने डिजेलमा १३.५ रुपैयाँ प्रतिलिटर कायम गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ। त्यस्तै, एटीएफ (एभिएसन टर्बाइन फ्युल) मा ९.५ रुपैयाँ प्रतिलिटर निर्यात शुल्क निर्धारण गरिएको छ।

    सरकारले पेट्रोलियम पदार्थमा लाग्ने निर्यात शुल्क हरेक दुई सातामा परिवर्तन हुने व्यवस्था कायम गरेको छ। कच्चा तेल, पेट्रोल, डिजेल तथा एटीएफको विश्वव्यापी औसत मूल्यलाई आधार बनाएर यी दरहरू निर्धारण गरिनेछ।

    सामान्यतया, सरकारले प्रत्येक पन्ध्र दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यको समीक्षा गर्छ र त्यस पेट्रोल, डिजेल र एटीएफमा निर्यात शुल्क निर्धारण गरिन्छ।