आगामी आर्थिक वर्ष २०८३–८४ का लागि २१ खर्ब २४ अर्बभन्दा बढीको बजेट सार्वजनिक - Chaitanya News
  • 2026-07-14
  • 20:14:37
  • मंगलबार,आषाढ ३०, २०८३
  • आगामी आर्थिक वर्ष २०८३–८४ का लागि २१ खर्ब २४ अर्बभन्दा बढीको बजेट सार्वजनिक

    आगामी आर्थिक वर्ष २०८३–८४ का लागि २१ खर्ब २४ अर्बभन्दा बढीको बजेट सार्वजनिक

    काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।

    संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षका लागि चालु, पुँजीगत तथा वित्तीय व्यवस्थापनतर्फ बजेट विनियोजन गरिएको जानकारी दिए।

    बजेटअनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको करिब ५९.८ प्रतिशत हो।

    त्यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। सरकारले पूर्वाधार विकास तथा निर्माणसँग सम्बन्धित कार्यक्रमका लागि उक्त बजेट व्यवस्था गरेको जनाएको छ।

    यस्तै, वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए।