काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट पेश गर्न संघीय संसद्को संयुक्त बैठकमा उनले यस्तो बताएका हुन्।
‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ,’ उनले भने।
साथै, अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको उनले बताए।
त्यस्तै, वित्तिय प्रणालीमा पर्याप्त तरलता रहेको उनले बताए ।