देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता, ५० लाखभन्दा धेरै मोटरसाइकल - Chaitanya News
  • 2026-05-27
  • 16:27:20
  • बुधबार,जेठ १३, २०८३
  • देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता, ५० लाखभन्दा धेरै मोटरसाइकल

    देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता, ५० लाखभन्दा धेरै मोटरसाइकल

    काठमाडौं– देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन्। आर्थिक सर्वेक्षण २०८२– ८३ अनुसार दर्ता सवारी साधनमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल रहेका छन्।

    चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्म ८ महिनामा मात्र बस, मिनीबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकलसहितका सवारी साधन गरी कुल २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन्।

    सर्वेक्षण अनुसार यस वर्ष फागुनसम्म ४३ हजार ७५० थान स्मार्ट लाइसेन्स वितरण गरिएको छ। अहिलेसम्म कुल ४१ लाख १४ हजार १८१ थान लाइसेन्स विवतरण भइसकेको तथ्यांक छ। फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ। त्यसमध्ये ५ हजार १ सय ८६ थान जडान भएको छ। अहिलेसम्म कुल ८८ हजार ३ सय ४० थान मात्र जडान भएको तथ्यांक छ।