नेपालमा ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा - Chaitanya News
  • 2026-07-12
  • 11:19:54
  • आइतबार,आषाढ २८, २०८३
  • नेपालमा ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा

    नेपालमा ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा

    काठमाडौं– नेपालमा आर्थिक वर्ष २०८१–८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको पाइएको छ।

    आर्थिक सर्वेक्षण २०८२–८३ ले यस्तो देखाएको हो। यस आवसम्म १६ संस्थान नोक्सानीमा रहेको र २ वटा बन्द अवस्थामा रहेको पाइएको छ। अघिल्लो आवमा २८ वटा नाफामा, १५ वटा नोक्सानी र २ वटा घाटामा थिए।

    २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड पुगेको छ। सेयर र ऋण गरी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ।