आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य, विदेश निर्यात पनि गरिने - Chaitanya News
  • 2026-08-30
  • 05:47:41
  • आइतबार,भाद्र १४, २०८३
  • आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य, विदेश निर्यात पनि गरिने

    आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य, विदेश निर्यात पनि गरिने

    काठमाडौं– सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन्।

    ‘आर्थिक वर्ष २०८३–८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छु,’ प्रतिनिधिसभाको बैठकलाई उनले जानकारी गराइन्।

    यसले नेपाली बजारको माग मात्रै पूरा नगरी विदेश निर्यात हुने उनको विश्वास छ। साथै, नेपाल काठमा पूर्ण आत्मनिर्भर पनि हुने उनले बताइन्।