काठमार्डाैं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीबाट विश्वासको मत दिने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग संयुक्त रूपमा भेट गर्दै उनले विश्वासको मत दिन कुनै समस्या नभएको बताएका छन्।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन कुनै समस्या नरहेको बताए। सबै दलले विश्वासको दिने भएकाले प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउने उनको दाबी छ।
प्रधानमन्त्रीसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेका छन्।