कति छ आज विदेशी मुद्राको विनिमय दर ? - Chaitanya News
  • 2026-05-26
  • 10:29:14
  • मंगलबार,जेठ १२, २०८३
  • कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ।

    यस्तै, यूरोपियन युरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर रु २०६ दशमलव ०५ तथा स्वीस फ्र्याङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर रु १९५ दशमलव ४१ निर्धारण गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ दशमलव ०३ र बिक्रीदर रु १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर रु ११० दशमलव १० र बिक्रीदर रु ११० दशमलव ५४ तथा सिङ्गापुर डलर एकको खरिददर रु ११९ दशमलव ०६ र बिक्रीदर रु ११९ दशमलव ५३ कायम भएको छ।

    जापानी येन १० को खरिददर रु नौ दशमलव ५७ र बिक्रीदर रु नौ दशमलव ६१ तथा चिनियाँ युआन एकको खरिददर रु २२ दशमलव ४२ र बिक्रीदर रु २२ दशमलव ५० तोकिएको छ।

    साउदी अरेबियन रियाल एकको खरिददर रु ४० दशमलव ५३ र बिक्रीदर रु ४० दशमलव ६९, कतारी रियाल एकको खरिददर रु ४१ दशमलव ७२ र बिक्रीदर रु ४१ दशमलव ८८ तथा थाई भाट एकको खरिददर रु चार दशमलव ६८ र बिक्रीदर रु चार दशमलव ७० कायम गरिएको छ।

    संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर रु ४१ दशमलव ४० र बिक्रीदर रु ४१ दशमलव ५७, मलेसियन रिङ्गेट एकको खरिददर रु ३८ दशमलव ४८ र बिक्रीदर रु ३८ दशमलव ६३ तथा दक्षिण कोरियाली वन १०० को खरिददर रु १० दशमलव ०४ र बिक्रीदर रु १० दशमलव ०८ निर्धारण गरिएको छ।

    त्यसैगरी, स्विडिस क्रोनर एकको खरिददर रु १६ दशमलव ३९ र बिक्रीदर रु १६ दशमलव ४६, डेनिस क्रोनर एकको खरिददर रु २३ दशमलव ७० र बिक्रीदर रु २३ दशमलव ७९ तथा हङ्कङ डलर एकको खरिददर रु १९ दशमलव ४१ र बिक्रीदर रु १९ दशमलव ४९ कायम भएको छ।

    कुवेती दिनार एकको खरिददर रु ४९५ दशमलव ८६ र बिक्रीदर रु ४९७ दशमलव ८२, बहराइन दिनार एकको खरिददर रु ४०३ दशमलव ४० र बिक्रीदर रु ४०४ दशमलव ९९ तथा ओमानी रियाल एकको खरिददर रु ३९५ दशमलव ०१ र बिक्रीदर रु ३९६ दशमलव ५७ तोकिएको राष्ट्र बैंकले जनाएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।