अभिनेत्री सुरक्षा पन्तले पिर्का शीर्षकमा कविता लेखेपछि रिसाए लामिछानेका फ्यानहरु - Chaitanya News
  • 2026-04-26
  • 16:21:28
  • आइतबार,बैशाख १३, २०८३
  • अभिनेत्री सुरक्षा पन्तले पिर्का शीर्षकमा कविता लेखेपछि रिसाए लामिछानेका फ्यानहरु

    अभिनेत्री सुरक्षा पन्तले पिर्का शीर्षकमा कविता लेखेपछि रिसाए लामिछानेका फ्यानहरु

    काठमाडौं– हिजो कार्यक्रम सञ्चालक हुँदा अन्यलाई पिर्के सलामी भन्दै उडाउने रवि लामिछाने गृहमन्त्री बनेपछि आफैँ पिर्के सलामी लिएपछि अहिले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा चर्को बहस चलिरहेको छ।

    यही मेसोमा साहित्यमा समेत रुचि राख्ने अभिनेत्री सुरक्षा पन्तले कविता नै लेखिन् पिर्का शीर्षकमा र सामाजिक सञ्जाल फेसबुकमा राखिन्। अहिले पिर्कासँगै अभिनेत्री पन्तको कविता पनि चर्चामा छ। चर्चामा जोडिने कारणचाँही उही गृहमन्त्री लामिछानेको पिर्के सलामी नै हो।

    उपप्रधान तथा गृहमन्त्रीको रूपमा सरकारी क्वाटरमा सर्दा सलामी लिँदा उनी पिर्कामाथि चढेका थिएनन्। उनी निकटहरूले त्यही तस्बिरलाई परिवर्तनको रूपमा प्रचारमा ल्याए। तर शनिवार सशस्त्र प्रहरीको कार्यक्रममा उनै रवि पिर्कामाथि चढेर सलामी लिएपछि उनी आलोचकको केन्द्रमा परेका छन्।

    उनको कवितामाथि पक्ष अनि विपक्षमा तर्क–वितर्क जारी छ।

    रामबाबु नेपालले लेखेका छन्?

    उ यो देशको बहालवाला गृहमन्त्री हो। हिजो बाहिर थियो, अहिले तपाई भएको जस्तै भावुक हुन्थ्यो कविता लेख्थ्यो, आगो ओकल्थ्यो। अहिले पदमा छ। त्यसै गरी आगो ओकल्न मिल्दैन। विधि मान्नुपर्छ। विधिमा पिर्का भएसी पिर्कै चढ्नी हो। यसमा अन्यथा केही भएको छैन। फेरी हिजो त नाकको डाँडी भाँच्छु भन्थ्यो त भन्नु होला। अरे यार भनेँ त उ हिजो रवि लामिछाने मात्र थियो अहिले बहालवाल गृहमन्त्री हो।

    रश्मिला प्रजापतिले लेखेकी छिन्?

    पहिला यही मान्छे टेलिभिजनबाटै निस्केला जस्तो गरी अरू नेता कहाँ, कसरी पिर्के सलामी लिए भनी कराउँथ्यो अब उही पिर्के सलामी लिँदै। परिवर्तन रेन्त यो।

    दिनेश जिसीले लेखेका छन्?

    या त त्यो पिर्का होइन। या त पिर्का हो भने माथि उभिने मान्छे उ होइन। सायद अब हाम्रा हेर्ने नजर कमजोर हुँदै गएको हुनु पर्छ।

    अभिनेत्री पन्तको कविता

    “पिर्का”

    के रहेछ पिर्काको कथा

    जसले पनि बोलेको हुन्छ

    के रहेछ हिमालमा

    जो पनि चढेको देखिन्छ

    पिर्का र हिमालमा केही त फरक हुन्छ

    नत्र हिमाल चढेपछि

    हिमालहरु,अरु,आँखा जुधाउँछन्

    आफूतिर बोलाउँछन्

    अनि गुनगुनाउँछन् आँटको गाथा

    चिसो हावाले गाला चिमोट्छ यसरी

    कति खेर१ झरम जस्तो हुन्छ, तल्तिर

    लाज लागेर नि

    केही त अलौकिक छ उचाइमा

    पिर का१

    ओर्लन जान्ने

    ताल परे चढ्दिन जा

    भन्ने मान्छे

    नभएर त पक्कै होइन?

    यो त एउटा कालखण्ड, जसको घमण्ड१

    कठै बानी बन्दै हो

    प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो

    हामी आफै भन्दो हो?

    “इतिहासको अगाडी कसैको केही लाग्दैन”

    चुनि चुनि बुनि बुनि पठाएका

    आफ्नै मुटुका टुक्रा उभिँदा पनि

    पिर्का फित्तिकै भाँचिदैन।

    मानौं

    स्वदेशी रोजगारी

    स्कुल देखि पदमा पुग्छे हाम्री पियारी

    यता चढे उता बढे भने

    खेतहरु बाँझो नहुने तयारी

    के भो त अनि?

    पिर्काहरु अझै बन्नु पर्छ।

    जुन हेर्दा मैदान जस्तो होस्

    या होस् सूर्यमुखी फूल सरी

    संरचना यसको फेरिनै पर्छ।

    कम्तिमा पनि अन्जुली जस्तो त होस्

    जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।