सेयर बजार दोहोरो अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार - Chaitanya News
  • 2026-05-21
  • 16:30:10
  • बिहिबार,जेठ ०७, २०८३
  • सेयर बजार दोहोरो अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

    सेयर बजार दोहोरो अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

    काठमाडौं– आज (बिहीबार) सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्स्चेञ्ज परिसूचक बिहीबार १२.३६ अंकले घटेको हो।

    कारोबार खुलेको १५ मिनेटमा बढेर २७६३ अंकमा पुगेको नेप्से अन्तिममा २७४२.११ विन्दु कायम भएको छ। म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूह घटेका छन्।

    बजारमा ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेका छन्। ९ कम्पनीको मूल्य भने स्थिर छ ।

    आज सबैभन्दा धेरै बुंगल हाइड्रोका लगानीकर्ताले ९.२६ प्रतिशत कमाउँदा सबैभन्दा धेरै गुमाउनेमा अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य १४.९५ प्रतिशतले ओरालो लागेको छ।

    बजारमा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखुखोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै १७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ।