काठमाडौँ– समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ता प्रक्रिया आजबाट सुरु गरिएको छ। पहिलो दिन ३७८ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता प्राप्त गरेका छन्।
सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम चरणबद्ध रूपमा फिर्ता गर्ने तयारीअनुसार आजबाट रकम वितरण प्रक्रिया सुरु गरेको हो।