सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र प्रदेश सरकारमा जाने ‘प्रचण्ड’को अडान - Chaitanya News
  • 2026-05-17
  • 12:54:47
  • आइतबार,जेठ ०३, २०८३
  • सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र प्रदेश सरकारमा जाने ‘प्रचण्ड’को अडान

    सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र प्रदेश सरकारमा जाने ‘प्रचण्ड’को अडान

    वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी हुने बताएका छन्।

    प्रेस सेन्टरले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग मिलेर सरकार गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे।

    “मधेसवादी दलसहित सबै दलको सहमतिमा संयुक्त सरकार बनेमा मात्र हाम्रो दल सरकारमा जान्छ,” उनले भने, “काँग्रेस र एमालेबाट अलग–अलग सरकार निर्माणको प्रस्ताव आएको थियो त्यसलाई मैले अस्वीकार गरेको छु।”