कक्षा १२ को परीक्षा आजदेखि सुरु, चार लाख १८ हजार विद्यार्थी सहभागी - Chaitanya News
  • 2026-04-27
  • 10:05:45
  • सोमबार,बैशाख १४, २०८३
  • कक्षा १२ को परीक्षा आजदेखि सुरु, चार लाख १८ हजार विद्यार्थी सहभागी

    कक्षा १२ को परीक्षा आजदेखि सुरु, चार लाख १८ हजार विद्यार्थी सहभागी

    काठमाडौँ– यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ देखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुँदैछ।

    वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ।

    परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदै छन्। जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १३७ छात्रा र अन्य २९ परीक्षार्थी सहभागी हुँदै छन्। आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थीहरू गरी चार लाख १८ हजार आठ विद्यार्थी सहभागी हुँदै छन्।