नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन सेयर बजार ३३ अंकले बढ्यो - Chaitanya News
  • 2026-04-18
  • 19:27:15
  • शनिबार,बैशाख ०५, २०८३
  • नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन सेयर बजार ३३ अंकले बढ्यो

    नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन सेयर बजार ३३ अंकले बढ्यो

    काठमाडौं– नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार ३३.२७ अंक बढेको छ। सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २८६६ अंकमा पुगेको छ।

    कारोबारका क्रममा दिउँसो १ः०७ बजे नेप्से परिसूचक २८७९ अंकसम्म पुगे पनि त्यसपछि केही खस्कियो। कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएकोमा आज १० अर्ब ५३ करोड रुपैयाँको भयो।

    २२१ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ३ को स्थिर रह्यो। सबै समूहका सूचक बढेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१६ प्रतिशत बढ्यो।

    बैंकिङ १.३०, विकास बैंक १.५३, फाइनान्स १.२१, हाइड्रोपावर २.१४, लगानी ०.८९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.३९, अन्य ०.१० तथा व्यापार २.३३ प्रतिशत बढे।

    ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंक छन् । त्यस्तै सोलु हाइड्रोपावरको ८.६३, नारायणी डेभलपमेन्ट बैंकको ५.५३ तथा ओरियन्टल होटलको मूल्य ५.१४ प्रतिशत बढ्यो।

    रिलायन्स स्पिनिङ मिल्सको मूल्य सबैभन्दा धेरै ५.६१ प्रतिशत घट्यो। त्यस्तै उपकार लघुवित्तको ४.४४ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर छन्।