सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै - Chaitanya News
  • 2026-04-20
  • 19:40:18
  • सोमबार,बैशाख ०७, २०८३
  • सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

    सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

    काठमाडौँ– चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

    संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो।

    तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ।

    चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

    बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए। लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो। प्रतिनिधिसभामा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ।