काठमाडौँ– संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत पहिलो बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
चैत ११ गते बिहीबार दिउँसो २ बजेका लागि तय भएको बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको उक्त सम्भावित कार्यसूची अनुसार बैठकमा आठ वटा मुख्य एजेन्डाहरू तय गरिएका छन्।
बैठकको प्रारम्भमै ज्येष्ठ सांसद सदस्य वा सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपछि प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी दिइने छ।
![]()