सेयर बजारमा भारी गिरावट, १५ अर्ब माथिको कारोबार - Chaitanya News
  • 2026-04-21
  • 21:59:19
  • मंगलबार,बैशाख ०८, २०८३
  • सेयर बजारमा भारी गिरावट, १५ अर्ब माथिको कारोबार

    सेयर बजारमा भारी गिरावट, १५ अर्ब माथिको कारोबार

    काठमाडौँ– साताको कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी गिरावट देखिएको छ।आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१.०५ अंक अर्थात् २.४० प्रतिशतले घटेर २८७९.११ विन्दुमा झरेको हो।

    बजारमा उच्च गिरावट आए पनि कारोबार रकम सामान्य बढेको छ। आज कुल ३ करोड ५२ लाख कित्ता सेयर १ कारोबारमार्फत १५ अर्ब ३ करोड रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।

    आजको बजारमा गिरावटको प्रभाव निकै व्यापक देखिएको छ। कुल २६६ कम्पनीको कारोबार भएकोमा जम्मा १० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ। केवल १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ

    बजार राताम्मे भए पनि केही कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन्। रिलायन्स स्पिविङ मिल्स, सुपर खुदी हाइड्रोपावर रिड्ज लाइन इनर्जीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ।

    कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर ७१ करोड ११ लाख रुपैयाँका साथ शीर्ष स्थानमा रह्यो। त्यसैगरी, ङादी ग्रुप पावर ५२ करोड २८ लाख र सोल्टी होटल ४८ करोड ६९ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

    आजको उच्च गिरावटसँगै कुल बजार पूँजीकरण ४८ खर्ब ८८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ कायम भएको छ।