शासकीय सुधारमा मन्त्रिपरिषद् सक्रियः १०० कार्य स्वीकृत, ४ मुख्य निर्णय सार्वजनिक - Chaitanya News
  • 2026-03-29
  • 02:19:47
  • शनिबार,चैत्र १४, २०८२
  • शासकीय सुधारमा मन्त्रिपरिषद् सक्रियः १०० कार्य स्वीकृत, ४ मुख्य निर्णय सार्वजनिक

    शासकीय सुधारमा मन्त्रिपरिषद् सक्रियः १०० कार्य स्वीकृत, ४ मुख्य निर्णय सार्वजनिक

    काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शासकीय सुधारका लागि एक सय वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ।

    शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको हो।

    बैठकले यससँगै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने र जेन जेड आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो।

    सरकारले पहिलो बैठकबाटै शासकीय सुधार, प्रशासनिक सक्रियता र आयोगका प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकतामा राख्ने निर्णय गरेसँगै शासन–प्रशासन तथा नागरिक स्तरमा सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ।