काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
नयाँ सरकार गठनसँगै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन्।
प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराएका हुन्।