स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नर्स निशा मेहता - Chaitanya News
  • 2026-04-22
  • 06:38:08
  • बुधबार,बैशाख ०९, २०८३
  • स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नर्स निशा मेहता

    स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नर्स निशा मेहता

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहताले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवार िपाउने भएकी छन्। स्वास्थ्यकर्मीसमेत रहेको मेहताले समानुपातिकतर्फबाट सांसद बनेकी इनरुवाकी हुन्।

    स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन्।

    अघिल्लो निर्वाचनमा रास्वपाले सांसद् बनाउन उनलाई सामानुपातिक सूचीमा समेत राखेको थियो। यद्यपि, सांसद् भने बन्न सकिनन्।

    यसपटक उनी समानुपातिक सूचीबाट सांसद बनिनन्। मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ एक वर्ष हस्पिटलमा काम गरिन्।