काठमाडौं– आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन्। यसै अन्तर्गत रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ।
अर्थ मन्त्रीमा डा(स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ।
यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ।
रास्वपाका एक शीर्ष नेताले अनलाइनखबरसँग भने, ‘स्वर्णिम, शिशिर र सोविताको मन्त्रालय पनि फाइनल भइसकेको छ। अरुको पनि लगभग टुंगिसकेको छ।’
सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन्। यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन।
मन्त्री बन्नेहरुलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन गरेर र एसएमएस पठाएर जानकारी दिइसकेको स्रोतले बतायो।
आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन्। उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ।
सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ।