डा.स्वर्णिम वाग्लेले भने: ‘सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना’ - Chaitanya News
  • 2026-06-11
  • 09:51:11
  • बिहिबार,जेठ २८, २०८३
  • डा.स्वर्णिम वाग्लेले भने: ‘सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना’

    डा.स्वर्णिम वाग्लेले भने: ‘सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना’

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताएका छन्।

    आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित भएका उनले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गराउनु रहेको धारणा राखे।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्मा पुगेको छ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै छन्।