लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-03-29
  • 02:19:48
  • शनिबार,चैत्र १४, २०८२
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. नेपालको तर्फबाट COP-30 मा कसले सहभागी जनाएका थिए ?
    A. खडक प्रसाद वली        B. जगदीश खरेल         C. मदन प्रसाद परिवार        D. रामचन्द्र पौडेल

    2. अस्ट्रेलियन ओपन’ २०२५ को पुरुष एकल उपाधि कसले जितेका छन् ?
    A. Jannik Sinner               B. Alexander Zverev
    C. Novak Djokovic            D. Rafael Nadal

    3. निम्न लिखित कथनहरू बारेमा विचार गर्नुहोस् ।
    1. पृथ्वी पूर्वबाट पश्चिमतिर घुम्छ ।
    2. पृथ्वी पश्चिमबाट पुर्वीतिर घुम्छ ।
    3. भूमध्य रेखामा सबैभन्दा बढी गर्मी हुन्छ ।
    4. प्रत्येक १ डिग्री देशान्तरमा ४ मिनेटको समय फरक पर्दछ ।
    माथि उल्लेखित कथनहरू कुन ठीक हो/हुन् ?
    A) 1,2 र 3 मात्र           B) 2 मात्र              C) 2,3 र 4 मात्र              D) 2 र 3 मात्र

    4.Golden Globes Awards-2025 सर्वश्रेष्ठ चलचित्र–नाटक पुरस्कार कसलाई प्रदान गरियो ?
    A. Hacks         B. Emilia Perez           C. Shogun        D. The Brutalist

    5. २०२५ को विश्व हाइड्रोजन शिखर सम्मेलन कहाँ सम्पन्न भयो?
    A. Rotterdam, Netherlands           B. Dubai, UAE
    C. New Delhi, India                        D. France

    6. तलका भनाई बारे विचार गर्नुहोस्।
    १. प्रतिनिधि सभाको सदस्य हुन २५ वर्ष उमेर पुरा गरेको हुनुपर्दछ ।
    २. राष्ट्रिय सभाको सदस्य बन्न ३५ वर्र्ष उमेर पुरा गरेको हुनुपर्दछ ।
    ३. राष्ट्रिय सभामा ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था रहेको छ ।
    A. १ मात्र ठीक           B. २ र ३ मात्र ठीक       C. सबै ठीक               D. सबै बेठीक

    7. लहरे नाँच कुन क्षेत्रमा प्रचलित छ ?
    A. डोल्पा                   B. कास्की                    C. पाल्पा                   D. धनकुटा

    8.अशुंवर्माको बारेमा तलका कथन विचार गर्नुहोस्।
    १. वैष्णव मुद्रा चलनमा ल्याउने राजा हुन् ।
    २.उनी ठकुरी वंशका थिए ।
    ३.उनकी बहिनीको नाम भोगदेवी हो ।
    माथि उल्लेखित कुन कुन कथन गलत हो।
    A. १ र २ मात्र             B. १ र ३ मात्र                 C. २ र ३ मात्र               D. सबै ठिक

    9. सार्यमण्डलको सातौ ठुलो ग्रह कुन हो ?
    A. बुध                       B. शुक्र                          C. पृथ्वी                        D. मंगल

    10. सर्वप्रथम साक्षर घोषणा गरिएको प्रदेश कुन हो ?
    A. गण्डकी प्रदेश       B. लुम्बिनी प्रदेश           C. सुदुरपश्चिम प्रदेश        D. बागमती प्रदेश

    11. तलका भनाई विचार गर्नुहोस् ।
    (i) IMF ले UNO को विशिष्टकृत संस्थाको मान्यता सन् १९४७ मा पाएको हो ।
    (ii) WB को अध्यक्ष जहिले पनि अमेरिकन राष्ट्रबाट हुने व्यवस्था छ ।
    A) i मात्र ठीक            B) दुबै ठिक           C) ii मात्र ठीक         D) दुबै बेठिक

    12. जोडा मिलान गरी सही कोडबाट छनोट गर्नुहोस ?
    संस्था                                           स्थापित वर्ष
    a. नेपाल टेलिभिजन                   1. वि.सं.२०५२
    b) F.M रेडियो                           2. वि.सं. २०१९
    c. साझा यातायात                       3. वि.सं. २०४२
    d. कर्मचारी सञ्चयकोष               4. वि.सं. २०१८
    A) a3,b1,c2,d4         B) a3,b2,c1,d4        C) a2,b3,c4,d1        D) a3,b1,c4,d2

    13. बेलायत युरोपेली युनियनबाट आधिकारिक रुपमा कहिले अलग भयो ?
    a. सन् २०२० जनवरी ३०        B. सन् २०२१ जनवरी ३१
    C. सन् २०२० जनवरी ३१       D. सन् २०१६ जुन २३

    14. सार्क वडापत्रका धारा र विषय बीच जोडा मिलाउनुहोस्।
    समुह I                                 समुह II
    a. मन्त्रिपरिषद                     1. धारा ५
    b. वित्तिय व्यवस्था                2. धारा ४
    c. कार्य समिति                     3. धारा ७
    d. स्थाथी समितिको बैंठक    4. धारा ९
    A) a2,b1,c4,d3            B) a3,b4,c2,d1       C) a1,b3,c4,d2      D) a2,b4,c3,d1

    15. संयुक्त राष्ट्र संघको ७९ औं महासभामा अध्यक्षता गर्ने फिलेमोन याङ कुन देशका हुन् ?
    A. वेल्जियम                   B. स्पेन                     C. फ्रान्स                  D. क्यामरुन

    16. १६ औ योजनाको अन्त्य सम्ममा नेपालमा कति प्रतिशत “डिजिटल साक्षरता” पु¥याउने लक्ष्य रहेको छ ?
    A. ४५ प्रतिशत              B. ५० प्रतिशत            C. ५५ प्रतिशत         D. ६० प्रतिशत

    17.सही विकल्प छनोट गर्नुहोस्।
    i.नेपालमा दिगो विकासको अवधारणा आँठौ योजनाबाट समावेश गरिएको हो ।
    ii.जैविक विविधता दिवस जुन ५ मा मनाइन्छ ।
    iii.WWF ले Read Data List प्रकाशन गर्दछ ।
    A) i र ii मात्र सही          B) i मात्र सही            C) ii र iii मात्र सही  D. iii सबै बेठीक

    18.’Daughter Of the east’ कुति कसको हो ?
    A.बेनिजिर बुट्टो               B. मलाला युसुफ       C. मिसेल ओवामा  D. हेलेन केलर

    19. नाईल नदी कति देश भएर बग्दछ ?
    A. १० देश                      B. ११ देश                   C. १२ देश            D. १ देश

    20. अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ?
    A. भिक्टोरिया ताल        B. क्यासपियन ताल      C. महान ताल       D. माराकाइवा

    उत्तरः
    1. C     11. B
    2. A    12. D
    3. C    13. C
    4. D   14. D
    5. A   15. D
    6. C   16. B
    7. A   17. B
    8. D   18. A
    9. D   19. B
    10. D  20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100