काठमाडौँ– प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज (बुधबार) राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका हुन्।
ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउनेछन्। शपथ लगत्तै केसीले आफ्नो शपथ पत्रमा हस्ताक्षर गरेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन्।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन्। सांसद केसी कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन्।