आज सेयर बजार ८ महिनाकै उच्च अंकमा पुग्यो, १० प्रतिशत बढे ६ कम्पनी - Chaitanya News
  • 2026-05-26
  • 08:25:54
  • मंगलबार,जेठ १२, २०८३
  • आज सेयर बजार ८ महिनाकै उच्च अंकमा पुग्यो, १० प्रतिशत बढे ६ कम्पनी

    आज सेयर बजार ८ महिनाकै उच्च अंकमा पुग्यो, १० प्रतिशत बढे ६ कम्पनी

    काठमाडौं– साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजार करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ। आज २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ। यो अंक गत साउन १३ गतेयताकै उच्च हो। कारोबार रकम केही घटेको छ। अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको भयो।

    १३६ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ११ को स्थिर रह्यो। व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशत बढ्यो। यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत छन्। तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ९.९१ प्रतिशत बढेसँगै व्यापार समूह सबैभन्दा धेरै बढेको हो।

    त्यस्तै बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११, उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशत बढे। त्यस्तै होटल तथा पर्यटन समूह ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.३८ तथा व्यापार समूह ०.१६ प्रतिशत घटे।

    ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन्।

    फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत घट्यो। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.११ तथा मेरो माइक्रोफाइनान्सको ४.५३ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट छन्।