मैले अब महाधिवेशनको गाडी हाँकेँ,त्यो गाडि पछि हट्दैन् : गगन थापा - Chaitanya News
  • 2026-04-23
  • 03:18:19
  • बुधबार,बैशाख ०९, २०८३
  • मैले अब महाधिवेशनको गाडी हाँकेँ,त्यो गाडि पछि हट्दैन् : गगन थापा

    मैले अब महाधिवेशनको गाडी हाँकेँ,त्यो गाडि पछि हट्दैन् : गगन थापा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

    आज (मंगलबार) पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले महाधिवेशनको गाडी आफूले हांकेको र अब त्यो गाडि पछि नहट्ने जिकिर गरे।

    अब हुने महाधिवेशनमा सहभागी हुने क्रममा को विशेष महाधिवेशनमा सहभागी भयो वा को भएन भन्ने कुरालाई लिएर मनमा राख्न नहुने पनि बताए।

    ‘एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो। त्यो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो। हामीले निर्वाचनमा भाग लियौं। विशेष अधिवेशन अगाडि, पछाडि कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो,’ उनले भने।

    महाधिवेशनमा कसैलाई पनि पूर्वाग्रहको रुपमा हेर्न नहुने र आफूले सबैलाई सहभागी गराएर अघि बढ्ने सभापति थापाको भनाइ छ।

    • ‘मैले सभापतिको रुपमा गाडी हाँकेँको छु। अब यो गाडी रोकिंदैन। मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन,’ सभापति थापाले भने, ‘मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु। हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं।’