कांग्रेस केन्द्रीय समिति बैठकका लागि ५ एजेन्डा तय - Chaitanya News
  • 2026-04-23
  • 04:49:49
  • बुधबार,बैशाख ०९, २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठकका लागि ५ एजेन्डा तय

    कांग्रेस केन्द्रीय समिति बैठकका लागि ५ एजेन्डा तय

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डा तय भएको छ।

    ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा केहीबेरपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने ५ एजेन्डा तय गरिएको हो।

    एक केन्द्रीय सदस्यका अनुसार बैठकमा समसामयिक संविधान संसोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औं महाधिवेशन तयारी , उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायत एजेन्डा रहेका छन्।

    कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने छन्।

    यसअघि गत शुक्रबारबाट सुरु भएको बैठकमा उनी अनुपस्थित थिए । आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो।

    निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद पराजयपछि दिएको राजीनामा अस्वीकृत भएपछि थापाले फेरि कार्यसमिति बैठक बोलाएका हुन्।