काठमाडौँ– अमेरिकी शेयर बजार बढेको छ । अमेरिका र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि जारी युद्धको असरले प्रभावित हुँदै आएको विश्व बजारमा सोमबार साँझ ठूलो राहतको संकेत देखिको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको भनेर सोसल मिडियामा गरेको एक पोस्टले युद्ध रोकिने आशमात्र देखाएन, विश्व अर्थतन्त्रमा झिनो आशाको किरण देखिएको छ। यद्यपि इरानले अमेरिकासँग सम्वादमा नरहेको जवाफ दिइसकेको छ।
ट्रम्पको सन्देशपछि अमेरिकी बजारमा उल्लेखनीय उछाल देखिएको छ। सोमबार वाल स्ट्रिटमा निकै चहलपहल देखियो। अमेरिकामा ५०० ठूला कम्पनीहरुको शेयर सूचकांक ९एस एण्ड पी ५००० देखि प्रविधि कम्पनीहरु धेरै भएको अमेरिकी शेयर बजार सूचकांक नास्ड्याकसम्म सबै सूचकांकहरूमा वृद्धि भएको छ।
यद्यपि इरानले प्रत्यक्ष वार्ताको खण्डन गरेपछि यो वृद्धि केही सीमित भयो।
ट्रम्पले इरानसँग ‘सकारात्मक वार्ता’ र आगामी ५ दिनसम्म आक्रमण स्थगित गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ।
११४ डलर प्रति ब्यारेल नाघेको ब्रेन्ट क्रूड (कच्चा तेलको एक प्रकार) को मूल्य ११–१३ प्रतिशतले घटेर १०० डलरभन्दा तल झरेको थियो। यद्यपि पछि मूल्य पुनस् केही बढेको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्नुलाई सकारात्मक संकेत मान्न सकिन्छ।