काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहित प्रतिवेदन बुझाएको छ।
आज (बिहीबार) आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा.जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत लगायत पुगेर राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन्।
आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ।
प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले अब प्रक्रिया अघि बढाउनेछन्।