आज ६४ अंक बढ्यो सेयर बजार, २१ अर्ब नाघ्यो कारोबार - Chaitanya News
  • 2026-04-23
  • 17:58:21
  • बिहिबार,बैशाख १०, २०८३
  • आज ६४ अंक बढ्यो सेयर बजार, २१ अर्ब नाघ्यो कारोबार

    आज ६४ अंक बढ्यो सेयर बजार, २१ अर्ब नाघ्यो कारोबार

    काठमाडौं– साताको अन्तिम दिन आज (बिहीबार) सेयर बजार ६४.६९ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ। आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो।

    बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको भयो।

    यसअघि फागुन २६ गते २१ अर्ब ५० करोडको कारोबार भएको थियो। त्यस्तै २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ। २४० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने २ को स्थिर रह्यो।

    सबै समूहका सूचक बढेका छन्। विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो। बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढे।

    ५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन्। त्यस्तै सान्जेन जलविद्युतको ८, माथिल्लो तामाकोशीको ७।५३, एनआईसी एसिया बैंकको ६.०९, सिटिजन्स बकैंकको ५.८३ तथा माछापुच्छ्रे बैंकको ५.५८ प्रतिशत मूल्य बढ्यो।

    माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलसवद्युत् र माथिल्लो तामाकोशी छन्।