गगन थापाले दिए सभापतिबाट राजीनामा - Chaitanya News
  • 2026-04-23
  • 23:06:38
  • बिहिबार,बैशाख १०, २०८३
  • गगन थापाले दिए सभापतिबाट राजीनामा

    गगन थापाले दिए सभापतिबाट राजीनामा

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन्।

    उनले आज (बुधबार) नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।

    गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थापा सर्लाही–४ बाट उम्मेदवार थिए। उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरे। यस अघि उनि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा थिए । तर यस पटक भने सर्लाही–४ बाट पराजित भए ।

    उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए।

    थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित भएका थिए। थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ। केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ।