लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-07-07
  • 21:36:19
  • मंगलबार,आषाढ २३, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.साङघाई सहयोग संगठन (एससियो) प्लसको शिखर सम्मेलन कहिले आयोजना भयो ?
    A.सन् २०२५ मे ३१ देखि सेप्टेम्बर १                           B. सन् २०२५ अगष्ट ३१ देखि सेप्टेम्बर १
    C.सन् २०२५ जनवरी ३१ देखि सेप्टेम्बर १                  D. सन् २०२५ फेब्रुअरी ३१ देखि सेप्टेम्बर १

    2.मेडिटेरेनियनसि सँग सिमाना जोडिने महादेश कुन कुन हुन ?
    A.युरोप,अष्ट्रलिया र अफ्रिका              B.युरोप,अष्ट्रलिया र एशिया
    C.युरोप, एशिया र अफ्रिका                D.अष्ट्रलिया, एशिया र दक्षिण

    3.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको कुल वनक्षेत्र कति प्रतिशत रहेको छ ?
    A. ४५.०९ प्रतिशत                   B. ४६.०८ प्रतिशत
    C. ४७.१० प्रतिशत                   D. ५०.०९ प्रतिशत

    4.सिंगलिला पर्वत नेपालको कुन जिल्लामा पर्दछ ?
    A. तेह्रथुम                  B.ताप्लेजुङ                      C.दोलखा                 D.सुर्खेत

    5.’Fall of Bastille’ के सँग सम्बन्धित छ ?
    A. फ्रान्सेली राज्य क्रान्ति           B. तीस वर्षे युद्ध          C.नेपोलियन युद्ध         D.सप्तवर्षीय युद्ध

    6.म्याष्ट्रिच सन्धि सम्बन्धि तलका भनाई विचार गर्नुहोस् ।
    क)सन्धि सन् १९९१ डिसेम्बर ११ मा भएको थियो ।
    ख)यस सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र आयरल्याण्ड हो ।
    ग)यो सन्धि लागु सन् १९९३ नोभेम्बर १ देखि भएको हो ।
    माथि दिइएका भनाईहरुमा कुन कुन ठिक छन् ।
    A.क र ख ठिक              B.क र ग ठिक                 C.सबै ठिक              D.ख र ग ठिक

    7.टिंकर खोला तलका मध्ये कुन नदीमा गएर मिसिन्छ ?
    A.राप्ती                    B.महाकाली            C.मादी                        D.लिखु

    8.विश्व रेडियो दिवस कहिले मनाईन्छ ?
    A. मे २३                   B. जनवरी २           C. अक्टोबर १४                 D.फेब्रअरी १३

    9.तलका भनाई विचार गर्नुहोस् ।
    १.सुर्य केन्द्रित सिद्धान्तका प्रतिपादक निकोलस कोपर्निकस हुन ।
    २.Bakelite थर्मोसेटिङ प्लास्टिक सँग सम्बन्धित छ ।
    ३.क्षयरोग र कुष्ठरोग दुवैमा प्रयोग हुने औषधी Rifampicin हो ।
    A.१ मात्र सहि                 B.२ मात्र सहि               C. ३ मात्र सहि           D.सबै सहि

    10.’Silent Killer’देहायका मध्ये कुन रोग सँग सम्बन्धित रहेको छ ?
    A. हेपाटाईटिस “बी ”    B.हेपाटाईटिस “सी”         C.डेंगु रोग            D.हेपाटाईटिस “ए”

    11.गण्डकी प्रदेश भित्र राष्ट्रिय जनगणना,२०७८ अनुसार महिलातर्फको साक्षरता दर कति प्रतिशत रहेको छ ?
    A)७८.१%              B)७५.३ %            C)७१.७ %                 D)६९.१ %

    12.लिच्छवीकालमा प्रशासनिक कार्य गर्ने सरकारी अड्डालाई के भनिन्थ्यो ?
    A.चाण्डाल           B.अधिकरण                  C. तिलकम                 D.सामन्त

    13.निम्नमध्ये सबैभन्दा पछि स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो ?
    A.पर्सा                B.शुक्लाफाटा              C.खप्तड              D.शिवपुरी नागार्जन

    14.नेपालमा भएका ६ वटा संरक्षण क्षेत्र मध्ये स्थापनाको आधारमा सुरु देखि अन्त्य सम्मको कुन क्रम सहि छ ?
    A.अन्नप्र्ण, कञ्चनजंघा, कृष्णासार, मनास्लु, गौरीशंकर र अपिनम्पा
    B.अन्नप्र्ण, कञ्चनजंघा, कृष्णासार, गौरीशंकर, अपिनम्पा र मनास्लु
    C.अन्नप्र्ण, कञ्चनजंघा, मनास्लु, कृष्णासार, गौरीशंकर र अपिनम्पा
    D.कृष्णासार, मनास्लु, गौरीशंकर, अपिनम्पा, कञ्चनजंघा र अन्नप्र्ण

    15.WWFको प्रकृति संरक्षण पुरस्कार,२०२४ कुन स्थानिय तहले प्राप्त गरेको हो ?
    A.मुसिकोट नगरपालिका              B.धनगढी उपमहानरपालिका
    C.किर्तिपुर नगरपालिका                D.गलकोट नगरपालिका

    16.राष्ट्रिय जनगणना २०७८ अनुसार तलका भनाई विचार गर्नुहोस् ।
    क)आर्थिक रुपले सक्रिय जनसंख्या ६५.५ प्रतिशत रहेको ।
    ख)आर्थिक रुपले निष्क्रिय जनसंख्या ३४.३ प्रतिशत रहेको ।
    A.क मात्र ठिक            B. दुबै बेठिक              C. ख मात्र ठिक             D. दुवै ठिक

    17.नेपाल र चीन वीच भएका सन्धी मितिका आधारमा कुन जोडा गलत छ ?
    A.केरुङ सन्धी – वि.सं. १८४६           B.बेत्रावत्ति सन्धी – वि.स. १८४९
    C.वाणिज्य सन्धी – वि.सं. १८३५         D.शान्ति तथा मैत्री सन्धी- सन् १९५०

    18.महिलातर्फको T-20 विश्वकप २०२६ कहाँ आयोजना हुने भएको छ ?
    A) इङ्गल्याण्ड                 B) न्यूजिल्याण्ड         C) अष्ट्रेलिया            D) बंगलादेश

    19.कमैया प्रथाको अन्त्य वि.सं.२०५७ श्रावण २ मा कुन प्रधानमन्त्रीको पालामा भएको हो ?
    A.कृष्णप्रसाद भट्टराई              B.गिरिजाप्रसाद कोइराला
    C.लोकेन्द्र बहादुर चन्द            D.शेरबहादुर देउवा

    20.बुद्ध धर्मका ५ रङ मध्ये कलेजी रङले के जनाउँछ ?
    A.अस्थितधातु           B.अन्तस्करण             C.अन्तरमन                   D.रगत

    उत्तरः
    1. B 11. B
    2. C 12. B
    3. B 13. A
    4. B 14. C
    5. A 15. B
    6. C 16. D
    7. B 17. C
    8. D 18. C
    9. D 19. D
    10. A 20. B

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100