रास्वपाको दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु, क–कसले दिँदैछन् प्रशिक्षण ? - Chaitanya News
  • 2026-04-24
  • 05:25:50
  • बिहिबार,बैशाख १०, २०८३
  • रास्वपाको दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु, क–कसले दिँदैछन् प्रशिक्षण ?

    रास्वपाको दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु, क–कसले दिँदैछन् प्रशिक्षण ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। उपसभापतिद्वय डीपी अर्याल र डा।(स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रमको उदघाटन गरेका छन्।

    ललितपुरको एक होटलमा सुरु भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूको सहभागिता छ।

    संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेत तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ नवनिर्वाचित सांसहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।

    रास्वपाका अनुसार कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिने छ। साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा तथा संसद्‍ भित्र र बाहिर प्रभावकारी सम्नवयका उपायहरूबारे साझा धारणा विकास गरिने छ।

    दुई दिनसम्म चल्ने कार्यक्रममा रास्वपाका शीर्ष नेता, कानुन विद्, सञ्चार तथा प्रविधि विज्ञ लगायतले सहभागी सांसदहरूलाई प्रशिक्षण दिने कार्य तालिका छ।

    कार्य तालिका अनुसार पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता, जिम्मेवारी तथा सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन्।

    यसैगरी नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारीले संसद्‍को संरचना तथा कार्याप्रणालीः सांसदका अधिकार र जिम्मेवारी, पूर्वकानुन सचिव तोयानाथ अधिकारीले संघीय संसद्‍मा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिनेछन्।

    अध्येता एवं आईटी विज्ञ डा. दोभान राईले कृत्रिम बुद्धिमता र एल्गोरिदमः लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा प्रभाव, पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रियास् योजना तथा बजेट निर्माण लगायतबारे प्रशिक्षण दिनेछन्।

    प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिमार्फत ५७ सांसद पाएको छ।