रास्वपाले सामानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुषको टुंगो लगायो - Chaitanya News
  • 2026-06-16
  • 20:28:32
  • मंगलबार,आषाढ ०२, २०८३
  • रास्वपाले सामानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुषको टुंगो लगायो

    रास्वपाले सामानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुषको टुंगो लगायो

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली  टुङ्ग्याएको छ । आज (आइतबार) बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए।

    उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ।

    सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए। यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए।