आज सुन र चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-04-24
  • 13:25:33
  • शुक्रबार,बैशाख ११, २०८३
  • आज सुन र चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

    आज सुन र चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो।

    महासंघले तोकेको नयाँ मूल्यअनुसार आज बजारमा छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

    त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य पनि घटेर आज २ लाख ६९ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो प्रति १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ रहेको थियो।

    सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा झरेको छ।

    यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य हिजोको ४ हजार ७ सय २८ रुपैयाँबाट घटेर आज ४ हजार ७ सय ११ रुपैयाँ तोकिएको छ।