६ दलले पाए राष्ट्रिय दलको मान्यता, एउटा नयाँ - Chaitanya News
  • 2026-04-24
  • 20:11:03
  • शुक्रबार,बैशाख ११, २०८३
  • ६ दलले पाए राष्ट्रिय दलको मान्यता, एउटा नयाँ

    ६ दलले पाए राष्ट्रिय दलको मान्यता, एउटा नयाँ

    काठमाडौं– गत बिहिबार) सम्पन्न भएको प्रतिनिभि सभा निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्। जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन्।

    यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ। यो हर्क साम्पाङ नेतृत्वको पार्टी हो। यो पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ।

    बाँकी राष्ट्रिय दलको मान्यत पाउने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। यी चार दल विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलको रुपमा रहेका थिए।