एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे चुनावी खर्च विवरण सार्वजनिक - Chaitanya News
  • 2026-04-24
  • 21:49:00
  • शुक्रबार,बैशाख ११, २०८३
  • एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे चुनावी खर्च विवरण सार्वजनिक

    एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे चुनावी खर्च विवरण सार्वजनिक

    काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

    उनले निर्वाचन आयोगलाई बुझाएको विवरणमा २८ लाख सात हजार १०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

    सबैभन्दा धेरै इन्धनमा आठ लाख ९७ हजार बढी रकम खर्च भएको जनाएका छन्।

    उनीसहित नेपाली काँग्रेसका चुन्नप्रसाद शर्मा र रुपन्देही–३ का एमाले उम्मेदवार बासुदेव घिमिरेले पनि चुनावी खर्च सार्वजनिक गरेका छन्। उनीहरू तीनजना नै पराजित भएका हुन्। घिमिरेको जमानत समेत जफत भएको छ।