हर्कराज साम्पाङ्रको श्रम संस्कृति पार्टी बन्यो राष्ट्रिय पार्टी - Chaitanya News
  • 2026-04-24
  • 21:48:59
  • शुक्रबार,बैशाख ११, २०८३
  • हर्कराज साम्पाङ्रको श्रम संस्कृति पार्टी बन्यो राष्ट्रिय पार्टी

    हर्कराज साम्पाङ्रको श्रम संस्कृति पार्टी बन्यो राष्ट्रिय पार्टी

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ।

    स्थापना भएको चार महिनामै सो पार्टीले प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक मत प्राप्त गरी राष्ट्रिय पार्टीको मान्यता पाउने निश्चित भएको हो।

    सुनसरी(१ बाट पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ्र) ३५ हजार ७४१ मतसहित विजयी भएका छन्। यस्तै भोजपुरबाट ध्रुवराज राई १६ हजार ६६३ मत र खोटाङबाट आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भएपछि पार्टीले कोशी प्रदेशमा मात्र प्रत्यक्षतर्फ तीन सिट प्राप्त गरेको छ।

    समानुपातिकतर्फको पछिल्लो मत परिणाम अनुसार श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५ मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले थ्रेसहोल्ड कटाएका छन्।